Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'आफैँ सरकारलाई समर्थन गर्ने, आफैँ राजिनामा माग्ने ?' उदेक लाग्दो !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेको सुन्दा उदेक लाग्ने बताएका छन् ।

पछिल्लो समय केपी ओली नेतृत्वको सरकारसँग असन्तुष्ट रहेको दल माओवादी केन्द्र लगायत अन्य दलहरुले प्रधानमन्त्रीको राजिनामा मागेको देख्दा उदेक लागेको बताएका हुन्।

नेता रिजालले सामाजिक सञ्जालमार्फत् भनेका छन् 'आफै सरकारलाई समर्थन गर्ने अनि आफै राजिनामा माग्ने' भनेर प्रश्न गरेका छन्।

आज बिहान ट्वीट गर्दै नेता रिजालले आफुले नबुझेको कुरा भन्दै आफैले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र भन्दै प्रश्न समेत गरेका छन्।

उनले लेखेका छन्, 'कांग्रेस र सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्र दुबैले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ । नबुझेको कुरास् आफैंले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र ?'

https://twitter.com/bishnurijal1/status/1377495196972146691

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077