Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना सङ्क्रमण बढेपछि उपत्यका भित्रिने नाकामा कडाइ

    कोरोना सङ्क्रमण बढेपछि उपत्यका भित्रिने नाकामा कडाइ

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ ।

    उपत्यकामा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।



    काठमाण्डौ जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु गरिएको छ ।



    सङ्क्रमण दर बढ्न थालेसँगै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण थालिएको पराजुलीले बताए । सङ्क्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिने छ ।

    भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि सङ्क्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ ।

    कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

    मन्त्रालयले ठूलो संख्यामा मानिसको भेला पूर्णरुपमा रोक्न, जुलुस, भीडभाड, सभा सम्मेलन गर्न नदिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार