Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विश्वकप छनोटमा इङ्ग्ल्याण्ड विजयी

    विश्वकप छनोटमा इङ्ग्ल्याण्ड विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 1.5K
    SHARES

    एजेन्सी । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ ।

    बुधबार राति भएको खेलमा पोल्याण्डलाई दुई एक गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह आई मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।



    यस्तै, विश्वकप छनोट खेलमा बुधबार राति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् ।



    स्कटल्याण्डले फारो आइल्याण्डलाई, इजरायलले मोल्डोमालाई, डेनमार्कले अस्ट्रियालाई र आइल्याण्डले लेचटेनस्थेनलाई समान चार शुन्य गोल अन्तरले पराजित गरे । यस्तै,अर्मेनियाले रोमानियालाई तीन दुई गोल अन्तरले पराजित गर्यो भने कोसोभो स्पेनसँग तीन एक गोल अन्तरले पराजित भयो ।

    यस्तै, इटलीले लुथिनियालाई दुई शुन्य गोल अन्तरले हरायो । ग्रीस र जर्जियाले एक एक गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा फ्रान्सले बोस्नियालाई एक शुन्य गोल अन्तरले हरायो भने युक्रेन र काजखास्तानले एक एक गोलको बराबरी खेले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार