Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'सरकारलाई समर्थन चाहियो भन्दैमा रेशम चौधरीलाई माफी ?'

काठमाडौँ। राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिन नहुने बताएकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेले अदालतले दोषी ठहर गरी सजाय पाई जेल बसेका टिकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन नहुने बताएकी हुन्।

सांसद पौडेलले सरकारलाई समर्थन जुटाउनको लागि चौधरीलाई माफी दिनु न्याय संगत नभएको बताएकी छिन्।

‘टीकापुरमा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो, यो अत्यन्त बर्बर र अमानवीय हत्या थियो यसलाई राजनीतिक भनेर माफी दिनु सही हुनसक्दैन ।’ उनले भनिन्। रेशम चौधरीको मागलाई पूरा गर्न तर्फ लाग्नु मुर्खता हो ।'

थारु समुदायको मुक्तिका लागि गरिएको आन्दोलनलाई हामी समर्थन गर्ने  भन्दै उनले नाबालकसहित गरिएको हत्यालाई  साथ दिन नहुने बताईन।

सांसद् पौडेलले घटनाका जिम्मेवार व्यक्तिमाथि कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने बताउदै उक्त मुद्दालाई गम्भिरतापूर्वक हेर्न सरकारलाई आग्रह समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077