भरतपुर। चितवनको भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चिकेन परिकारको नयाँ स्वादका लागि केएफसीको नयाँ शाखा सञ्चालनमा आएको छ ।
अन्तराष्ट्रिय चेन रेस्टुँरा केएफसी शहर भित्रको शहर मानिने सिजी ल्यान्डमार्कको भुई तल्लमा सञ्चालनमा आएको हो ।
रेस्टुँरामा अन्तराष्ट्रिय स्तरका विभिन्न चिकेन परिकारहरुको आनन्द लिन सकिनेछ ।
केएफसीको नेपालका लागि आधिकारिक प्रतिनिधि देवयानी इन्टरनेशनल प्रालीले उक्त रेस्टुँरा सञ्चालनमा ल्याएको हो ।
स्टुँराले सुरुकै दिनबाट टेक अवे र मेरो किनमेलमार्फत होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ । रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी समेत पाएको सिजी ल्याण्डमार्कका म्यानेजर उज्वल केसीले बताए ।
Leave a Reply