Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टी नेपालको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म वुटवलमा हुन लागेको हो ।

सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए ।

सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ ।

जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077