Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • लाहान बम विस्फोटमा संलग्न गोइत समूहका २ जना पेस्तोलसहित पक्राउ

    लाहान बम विस्फोटमा संलग्न गोइत समूहका २ जना पेस्तोलसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 2.7K
    SHARES

    लाहान । सिराहा जिल्लाको लाहान नगरपालिका–८ स्थिति मालपोत कार्यालयमा बम विस्फोट गराउने गोइत समूहका २ जनालाई २ नम्वर प्रदेश प्रहरीले २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।

    प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको विशेष टोलीले खुसीपुर नगरपालिका–५ सिराहाका २५ वर्षिय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षिय अभिमन्यु गिरीलाई सुखीपुर–५ बाट हिजो पक्राउ गरेको हो ।



    पक्राउ परेका यादव र गिरीले तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) का अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा सुखिपुर–८का आरके भन्ने रामकुमार यादवले आफूहरु उक्त घटना गराउन लगाएको स्वीकार गरेको प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले बताए ।



    प्रहरीसँगको बयानमा उनीहरुले आरके भन्ने रामकुमार यादवले गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा भगवानपुर गाउँपालिकाको ठाडी भन्ने स्थानमा फागुन २६ गते नै आफूहरुलाई प्रेसरकुकर बम दिएर मालपोतमा कार्यालयमा विस्फोट गराउन निर्देशन दिएको बताएका छन् ।

    प्रहरीले यादवको साथबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २ राउण्ड गोली तथा गिरीको साथबाट पनि कटुवा पेस्तोलल र सोमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरेको छ ।

    त्यसैगरी प्रहरीले उनीहहरुको साथबाट मालपोत कार्यालयमा बम राख्न जाँदा यादवले लगाएको रातो ज्याकेट, टिसर्ट र चप्पन पनि बरामद गरेको छ ।

    पक्राउ परेका यादव २०७४ साल चैत ९ गते विकास ज्वेलर्स लाहानमा भएको विस्फोट मुद्दामा सिराहा जिल्ला अदालतबाट १ लाख धरौटिमा रिहा भएका व्यक्ति हुन् ।

    त्यसैगरी यादव २०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिका कार्यालयमा भएको बम विस्फोट मुद्दामा पनि मोरङ जिल्ला अदालतबाट ३५ हजार धरौटिमा रिहा भएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

    त्यस्तै गिरी भने विगत ५ वर्षदेखि गोइत समूहमा संलग्न भई बलपूर्वक चन्दा असुलीमा संलग्न रहेको खुलेको डिआईजी सिंहले बताए ।
    उक्त बम विस्फोटमा परी ८ जना घाइते भएका थिए भने मालपोत कार्यालयमा ठूलो क्षती पूगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार