Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीलाई चुनौती दिँदै भट्टराईले भने - कारवाहीको परिणाम उल्टो हुन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीका नेताद्वय माधवकुमार नेपाल र भिम रावललाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यो कारवाहीबाट उल्टो परिणाम निस्कने चेतावनी समेत दिएका छन् ।

सोमबार ट्वीटरमा उनले लेखेका छन्, ‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !'

अध्यक्ष ओलीले हिजो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई अनुशासनको कारवाही गर्दै ६ महिनाको लागि निलम्बन गरेका थिए ।

https://twitter.com/yogesbhattarai/status/1376540536991928326

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077