Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनका लागि प्रचण्ड आज सर्वोच्च जाँदै

    नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनका लागि प्रचण्ड आज सर्वोच्च जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पुनरवलोकनका लागि सर्वोच्च अदालत जाने भएका छन् ।

    प्रचण्डले आज ११ बजे सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिने भएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो ।



    एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता समेत दिएको थियो ।



    सबैभन्दा पहिला आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी हालेका थिए ।

    न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । सो फैसलाविरुद्ध प्रचण्ड आज सर्वोच्च अदाल जान लागेका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार