Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अग्युरोले म्यानचेस्टर सिटी छोड्ने

    अग्युरोले म्यानचेस्टर सिटी छोड्ने

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 1.1K
    SHARES

    एजेन्सी । कीर्तिमानी खेलाडी सर्जियो अग्युरोले यो सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटी छोड्ने भएका छन्।

    इंग्लिस क्लब सिटीले ३२ वर्षीय अग्युरोले यो सिजनको अन्त्यमा सम्झौता सकिएसँगै क्लब छोड्ने जानकारी दिएको हो।



    अर्जेन्टिनाका अग्युरो सन् २०११ मा एथ्लेटीको मड्रिडबाट म्यानचेस्टर सिटी आएका हुन्। त्यसयता उनले सिटीका लागि ३८४ खेलमा २५७ गोल गरेका छन् ।



    सिटीको मैदानमा अग्युरोको सम्मानमा उनको प्रतिमा बनाइने छ । यसअघि रंगशालमा कप्तान भिन्सेन्ट कम्पनी र डेविड सिल्भाको प्रतिमा बनाइएको थियो । भिसेन्टले सन् २०१९ मा तथा डेविडले सन् २०२० मा क्लब छोडेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार