Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रदेशमा प्रहरीको पोसाक एकै

    प्रदेशमा प्रहरीको पोसाक एकै

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 6.2K
    SHARES

    हेटौंडा । सादा पोसाकमा रहेर अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुने प्रहरीलाई निश्चित पोसाक र पहिचानसहित खटाइने अवधारणाअनुसार बागमती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका सिलसिलामा घटनास्थलमा खटिने प्रहरीले फ्लोरिसेन्ट ज्याकेट र टोपी लगाउने व्यवस्था मिलाएको छ।

    प्रदेश प्रहरी कार्यालय हेटौंडाअन्तर्गत् मुद्दा चल्ने २१ प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरीले उक्त पोसाक प्रयोग गर्नेछन्।



    अपराध अनुसन्धान समूह र सम्बन्धित प्रहरी कार्यालयको नाम उल्लेख गरिएको फ्लोरिसेन्ट ज्याकेट र टोपी सोमबारदेखि प्रयोगमा ल्याइएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिइन ।



    प्रदेश प्रहरी कार्यालयअन्तर्गत् जिल्ला प्रहरी कार्यालय दश र इलाका प्रहरी कार्यालय ११ गरी २१ प्रहरी कार्यालयमा अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरीले घटनास्थल अनुसन्धानमा खटिँदा उक्त पोसाक प्रयोग गर्नेछन्। नेपाल समाचारपत्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार