Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भिम रावलले भने–अवैधानिक अध्यक्ष ओलीको कदम निरंकुश र स्वेच्छाचारी कुकृत्य

काठमाडौं । नेकपा एमालेको सदस्यबाटै ६ महिनालाई निलम्वनमा परेका नेता भीम रावलले आफू र माधव नेपालमाथिको कारवाहीलाई निरंकुश र स्वेच्छाचारी कुकृत्यको संज्ञा दिएका छन्।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज नेपाल र रावललाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको जानकारी गराउँदै पत्र पठाएका थिए।

ओलीले पत्र पठाएलगत्तै रावलले वक्तव्य जारी गर्दै देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओली अवैधानिक अध्यक्ष रहेको दावी गरेका हुन्।

रावलले भनेका छन्,–‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचत केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अश्वीकार गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077