Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीलाई रिहाई गर्न सरकारले बनायो वार्ता टोली !

काठमाडौं । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न टोली गठन गरेको छ ।

आन्दोलनकारीहरुले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आएकोमा उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

सरकारका तर्फबाट यसअघि पनि विप्लव समूहसँगै वार्ता गरेका टोली रहेका गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेकी छन् ।

गृहमन्त्री थापाको नेतृत्वमा गठित वार्ता टोलीले थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्ने प्रवक्ता पार्वत गुरुङले बताए।

उनका अनुसार आजै थारु कल्याणकारी सभासँग वार्ता हुनेछ । केन्द्रीय संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

यसअघि गृहमन्त्री थापा आफै माइतीघरस्थित धर्ना स्थलमा पुगेर वार्तामा आउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077