Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेकारका मान्छेसँग बादविबाद गर्दा दिमाग खराब मात्र हुन्छ : योगेश भट्टराई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले वादविवाद आफू समान वा सिनियरसँग गर्दा सिक्ने मौका मिल्ने भन्दै कटाक्ष गरेका छन् ।

नेता भट्टराईले बादविबाद बेकारकासँग गर्नुलाई समयको बर्बाद र दिमाग खराबमात्र हुने बताएका छन्।

यतिबेला पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्, 'बादविबाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ । किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।'

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच जुहारी चलिरहेका बेला नेपालपक्षीय नेता भट्टराईले गरेको यो ट्वीट अर्को पक्षप्रति हुन सक्ने आकलन गर्न सकिन्छ।

https://twitter.com/yogesbhattarai/status/1375850237550493698

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077