Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुरमा बसले ठक्कर दिँदा घाइते तीन जनाको उपचारका क्रममा निधन

चितवन । माडीबाट भरतपुर आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटरचालकसहित तीन जनाको आज बेलुका निधन भएको छ ।

दुर्घटनामा गम्भिर  घाइते भएका भरतपुर–६ गीतानगर बस्ने ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा निधन भएको हो।

स्कुटरविपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको थियो।

चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार आज साँझ भएको दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुलाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो । प्रहरीले बसका चालकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077