महोत्तरी । ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरणपछि हत्यामा संलंग्न भएको आशंकामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनैजना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पत्ती गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका बेला ओछ्यानसहित बेपता भएका थिए ।
एक महिनापछि उनीहरुको बिहीबार माटो पुरेको अवस्थामा १ नम्वर प्रदेश प्रहरीले कंकाल फेला पारेको थियो ।
पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् ।
अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश–२ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
यसअघि घटनामा संलग्न रहेको भन्दै रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भइ बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
Leave a Reply