Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एक खेल अगावै सुदूरपश्चिम च्याम्पियन

    एक खेल अगावै सुदूरपश्चिम च्याम्पियन

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 2.4K
    SHARES

    नेपालगञ्ज । एक खेल अगावै सुदूरपश्चिम प्रदेशको टोली एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ ।

    एक खेल अगावै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब, कैलाली लिग च्याम्पियन बनेको हो । च्याम्पियन बन्ने पक्का भएसँगै उसले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।



    प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा प्रदेश नं २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई २–१ गोलले पराजित गरेको छ। अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमती प्रदेशको धादिङ समाज धादिङलाई २–० गोलले पराजित गरेको छ।



    मनकामनाका लागि भुवन बस्नेतले सुरुआतको नवौं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए। भुवन खेलको म्यान अफ द म्याच भए। यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९औँ मिनेटमा गोल गरे।

    यस्तै सैनिकका लागि जीवन गुरुङले खेलको ३६ औँ मिनेट तथा सुरजसिंह ठकुरीले ९३ औँ मिनेटमा गोल गरेका थिए। खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए।

    शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबीच प्रतिस्पर्धा हुनेछ। चैत १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

    उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार