एजेन्सी । फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सामाजिक सञ्जाल परित्याग गर्ने भएका छन् ।
सामाजिक सञ्जाल मार्फत भइरहेको रंगभेद तथा बुलिङ्गका कारण आफू सबै सामाजिक सञ्जालबाट बाहिर बस्ने निर्णयमा पुगेको उनले बताएका छन् ।
४३ वर्षीय हेनरीले शुक्रबार २३ लाख फलोअर्स रहेको आफ्नो ट्वीटर ह्याण्डलमा समस्या हेर्नै नसकिने गरी विषाक्त बनेको उल्लेख गरे ।
कम्पनीहरुले कपीराइट उल्लंघन गर्दा गर्दा जस्तै कदम रंगभेद र बुलिङ्गमा नलिँदासम्म आफू सामाजिक सञ्जालमा नफर्किने उनले बताए । हेनरीले यसका लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्ने भन्दै अपिल गरेका छन् ।
Leave a Reply