Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुकमार्फत् ठगी गर्ने चितवनका महतो पक्राउ

चितवन । महानगरीय अपराध महाशाखाको समन्वयमा इलाका प्रहरी कार्यालय टाँडी चितवनले अनलाईनमार्फत् ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ निपनि चोक बस्ने २१ बर्षीय विनेश महतो रहेका छन्।

बिहीबार दिउँसो अपराध महाशाखाको नेतृत्वमा टाँडीबाट खटिएको प्रहरीको टोलीले महतोलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा फसबुकमा अनधिकृत पहुँच पुर्‍याई मेसेन्जरबाट पिडितहरुलाई म्यासेज गरी बिभिन्न बहाना बनाई , झूक्याई ४७ हजार  मोवाइल बैकिङ्गबाट ट्रान्सफर गरी दिनु भनि ठगी गरेका थिए । उक्त ठगीपछि महाशाखामा उजुरी परेको थियो।

पक्राउ परेका महतोलाई ठगी मुद्धामा आवश्यक थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077