Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुम्बईको कोरोना अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु

काठमाडौँ। छिमेकी मुलुक भारतको मुम्बईस्थित भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा आज बिहान आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल भएपनि मृत्यु हुनेहरु कोभिड–१९ बिरामी हुन् वा होइनन् भन्ने नखुलेको भारतीय संचारमाध्यम मुम्बई मिररले जनाएको छ।

मुम्बई प्रहरीका अनुसार अस्पतालमा रहेका ७० जना बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारेर अक्सिजन सपोर्टमा राखिएको छ ।

आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको मुम्बई महानगरका मेयर किशोरी पेड्नेकरले जानकारी दिईन् ।

कोरोना महामारी फैलिएपछि गत वर्षबाट मात्रै उक्त अस्पताल सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077