Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा कोरोनाको महामारी, एकै दिन ५९ हजार भन्दा बढी सङ्क्रमित

    भारतमा कोरोनाको महामारी, एकै दिन ५९ हजार भन्दा बढी सङ्क्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी। भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि त्यहाँँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।



    सोही अवधीमा त्यहाँँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।



    भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार