एजेन्सी । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा २७ लडाकू मारिएका छन् ।
सरकारी सुरक्षा निकायले गरेको कारबाहीका क्रममा लडाकु मारिएका हुन् । बिहीबार पनि सुरक्षा कारबाहीका क्रममा १८ लडाकू घाइते भएका थिए ।
लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत सुरक्षाकर्मीले नष्ट पारेका छन्।
सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने केही खुल्न सकेको छैन ।
Leave a Reply