Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओली विदेशीसामु लम्पसार परेको भीम रावलको दाबी, कारबाहीको माग

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका  नेता भीम रावलले स्पष्टिकरण जवाफमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् ।

रावलले शुक्रबार स्पष्टिकरणको १४ बुँदे जवाफी पत्र पठाउँदै ओलीलाई विदेशीसामु लम्पसार परेको हुँदा ओलीले नै स्पष्टिकरण दिनुपर्ने माग गरेका छन्।

नेता  रावलले ओली भ्रष्टाचारदेखि पार्टीले अनुशासनको कारवाही गरेको नेता भन्दै धेरै विषयमा स्पष्टिकरण दिनुपर्ने उल्लेख गरेका छन् ।

व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको शिकार भइ ओलीले पार्टी विधान विपरीत कार्य गरेको तथा राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्याएको नेता रावलले ठहर गरेका छन् ।

रावलले  स्पष्टिकरणमा ओलीमाथि प्रश्नै प्रश्न गरेका छन् ।

'देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्याएको हुँदा ओलीले धेरै विषयमा स्पष्टिकरण दिनुपर्ने प्रष्ट छ ।' रावलले भनेका छन् ।

त्यस्तै, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077