एजेन्सी। अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । उक्त कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।
तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित सो कारबाही भएको थियो । कान्दाहार प्रान्तको आर्घान्दाब र मिवान्द जिल्ला तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित भएको यस कारबाहीको क्रममा १२ लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका थिए ।
त्यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ ।
उक्त कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिबान लडाकू समूहले भने उक्त कारबाहीको विषयको केही टिप्पणी गरेका छैनन् ।
Leave a Reply