Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको बरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

‘हाम्रो पक्षका नेताहरु जो काठमाडौँमा हुनुहुन्छ  उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो’, पाण्डेले भने, उपत्यकामा हुने जतिलाई खवर गरिएको छ, तर हाम्रा धेरै नेताहरु जिल्ला जिल्लामा हुनुहुन्छ।'

भोलिको बैठकमा पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने भोलिको मख्य निष्कर्ष हुने पाण्डेको भनाइ छ।

यसअघि, बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा नेपालखनाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077