काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिने भएसँगै अब दुवै प्रदेश सरकार कायमै रहने भएका छन् ।
बुधबार बसेको खनाल नेपाल समूहको छलफलपछि अविश्वास प्रस्ताव लिने निर्णय गरिएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा समर्थकको हस्ताक्षर फिर्ता लिने र बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय खनाल नेपाल समूहले गरेको छ ।
Leave a Reply