Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'संसदलाई पासो बनाउँदै सांसद बिजनेस विहीन बनाउन मिल्छ ?'

काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एकाध व्यक्तिले संसदलाई सिकार बनाएको टिप्पणी गरेका छन्।

पछिल्लो समय संसदमा सांसदहरुको गतिविधिलाई नजिकबाट नियाली रहेका नेता पौडेलले पार्टी र व्यक्तिको नाम नलिई यस्तो बताएका हुन्।

बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत् पौडेलले संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ? भनेर प्रश्न समेत गरेका छन्।

ट्वीटरमा उनले कसैको गुट उपगुटको विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? भन्दै अर्को प्रश्न पनि गरेका छन्।

उनले लेखेका छन्, 'कसैको गुट उपगुटकाे विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ?'

https://twitter.com/paudelpradipNC/status/1374667984577294336

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077