काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र कुर्सी जोगाउन देशको अस्मितासँग खेलवाड गरेको बताएका छन्।
नेता रावलले प्रधानमन्त्री ओली विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन रहेका कारण नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्न गएको हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा दार्चुलाको महाकाली नदी किनारमा भारतीयले जमिन मिच्दा सरकार मौन रहेको बिषय उठेको थियो ।
यसैबीच, उपाध्यक्ष रावले सामाजिक सञ्जालमार्फत् देशको प्रधानमन्त्री पदको खेलमा रहँदा यस्तो स्थिति आएको बताएका छन्।
रावलले सत्ता र कुर्सीका सामु प्रधानमन्त्री ओलीले देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं रहस्यमय मौनता भन्दै आश्चर्य प्रकट गरेका छन् ।
हिजो र आज बिहान ट्वीट गर्दै उपाध्यक्ष रावले यस्तो भनेका छन्, 'प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअौं !
त्यस्तै, 'दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ । सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो- रहस्यमय मौनता !'
https://twitter.com/BhimRawal179/status/1374566927213862918
https://twitter.com/BhimRawal179/status/1374379360237481986