एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् ।
एकैदिन दुई सय ७७ जनाको ज्यान गएको छ । गत जनवरीको अन्त्यतिर दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या घटेर नौ हजारसम्म पुगेकोमा अहिले उक्त संख्या ह्वात्तै बढेको छ ।
गत हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक वृद्धि हुँदै गएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नयाँ निर्देशिका जारी गरिएको छ ।
केन्द्रीय सरकारले नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैमा आह्वान गरेको छ । कोरोनाको परीक्षण, खोप लगाउने अभियानसँगै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, नियमित हात धुने, सेनिटाइजर लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कता पालना गर्न आग्रह गरिएको छ ।
Leave a Reply