Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • इंग्ल्याण्डसँगको पहिलो एक दिवसीयमा भारत विजयी

    इंग्ल्याण्डसँगको पहिलो एक दिवसीयमा भारत विजयी

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 1.5K
    SHARES

    एजेन्सी । इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत विजयी भएको छ । मंगलबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो ।

    पुणेमा भएको खेलमा भारतले इंग्ल्याण्डलार्य जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो ।



    विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो।



    पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए ।

    भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए ।

    भारतले खेलमा ६६ रनको जित दर्ता गरेर तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार