Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरासयी जानकी मेडिकल कलेजमा प्रभु बैंकका सीइओको स्वार्थ, करोडौ रकम डुब्ने खतरा !

काठमाडौं। नक्कली कागजातको आधारमा जानकी मेडिकल कलेजलाई प्रभु बैंकले करोडौ कर्जा दिएको बारेमा नेपाल राष्ट्र बैंकले गरेको छानविन प्रक्रिया रहस्यमय रुपमा रोकिएको छ।

कीर्ते डकुमेन्ट र नक्कली कागजात पेश गरेर  प्रभु बैंकले करोडौ कर्जा दिएको जानकी मेडिकल कलेज  धरासयी अवस्थामा पुगेको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो ।

जुन उजुरीलाई छानविनबाट रोक्न प्रभु बैंकका सीइओ अशोक शेरचन सफल भएका छन्।

यसबारेमा राष्ट्र बैंकका अधिकारीहरु आधिकारीक रुपमा प्रतिक्रिया दिन मान्दैनन्।

अर्कोतिर जानकी मेडिकल कलेजमा बैंककै केही सञ्चालक र सीइओको समेत भित्रभित्रै शेयर राखी घुमाउरो पाराबाट किनबेच गरिएको बिषय पनि छानविनकै क्रममा छ ।

काठमाडौं मेडिकल कलेजका संचालक ओम प्रकाश पाण्डे (ओपी) र प्रभु बैंकका सीइओ अशोक शेरचन तथा केही प्रभु समुहकै व्यक्तिहरुको अहिले उक्त मेडिकल कलेजमा हालीमुहाली चलेको छ।

स्रोतका अनुसार उक्त कलेजको शेयर १० बर्षमा १०  भन्दा बढी संचालकहरुको नाममा नामसारी भएको देखिन्छ। कतिपय विवरण नै नक्कली बनाइएको छ।

केही बर्ष अघि जानकी मेडिकल कलेजका संचालक बलराम गुप्ता सुन काण्डमा पक्राउ परेको बेला अध्यक्ष रहेका ओपी पाण्डेले प्रभु बैंकका सीइओ अशोक शेरचनसँगको मिलेमतोमा नक्कली विवरण पेश गरेर बैंकबाट कर्जा लिन सफल भएका थिए।

समस्याग्रस्त जानकी मेडिकल कलेजमा प्रभु बैंकका सीइओ अशोक शेरचनले जनताको डिपोजिटबाट जम्मा भएको बैंकबाट करोडौ कर्जा दिएर फाइदा लिएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो ।

एकातिर ग्रान्ड बैकलाई मर्ज गरेर पनि दुई अर्ब भन्दा बढी कर्जा उठाउन आनाकानी गरेको प्रभु बैंकले समस्याग्रस्त जानकी मेडिकल कलेजको गलत विवरणलाई किन मान्यता दिएको छ ? बुझिनसक्नु भएको प्रभु बैंककै एक उच्च कर्मचारी वताउँछन्।

ग्रान्ड बैकको कर्जा प्रकरणका बारेमा छानविनका लागि राष्ट्र बैंकले केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)लाई पत्राचार गरे पनि शेरचनले बिभिन्न शक्तिकेन्द्रमार्फत दबाब दिन लगाएर छानविन नै गर्न नदिएको राष्ट्र बैंक स्रोतले वतायो।

प्रभु बैंकका सीइओ अशोक शेरचनसंग जानकी मेडिकल कलेजको कर्जा प्रकरणबारे पटक-पटक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

स्थापनाकालदेखि पटक-पटक विवादमा तानिँदै आएको  जानकी मेडिकल कलेजको व्यवस्थापन पुनः असक्षम सावित भएको छ ।

०६० मा स्थापित जानकी मेडिकल कलेज पछिल्लो एक दशकदेखि धरासयी हुँदै आएको छ ।

कलेजको सुरुवाती अवस्थामा काम गरेका चिकित्सकहरूका नाम प्रयोग गरी कलेज प्रशासनले नेपाल मेडिकल काउन्सिल, चिकित्सक शिक्षा सेवा आयोगलाई झुटो र नक्कली विवरण बुझाउँदै आएको छ।

जानकी मेडिकल कलेजमा संचालकको शेयर नामसारी विवरण पनि गलत र झुटो विवरण पेश गरेर काम गराइएको संचालक ओपी पाण्डेमाथि आरोप लागेको छ।

यसमा कम्पनी रजिस्ट्रारको कार्यालयको समेत संलग्नता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077