Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आवश्यक परे कांग्रेसले सरकारको नेतृत्व गर्छ : रमेश लेखक

काठमाडौँ। नेपाली कांग्रेसका नेता रमेश लेखकले आवश्यक परे पार्टीले सरकारको नेतृत्व लिन सक्ने बताएका छन्।

आज सानेपास्थित पार्टी कार्यालयमा सन्चारकर्मी हरुसँग कुरा गर्दै नेता लेखेकले सरकार बनाउनका लागि परिस्थिति सुनिश्चित र अवस्था परिपक्क नभईसकेको तर मुलुकलाई आवश्यक परेमा सरकारको नेतृत्व लिन सक्ने बताएका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनबारे भने कुनै छलफल नभएको लेखकले दाबी गरेका छन्।

नेता लेखकले सरकारलाई नेतृत्व दिन तयार नै रहेको भन्दै परिस्थिति परिपक्क र सुनिश्चित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077