काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवानेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लाखौं प्रश्नको घेरामा रहेको बताएका छन्।
शनिबार बालुवाटारमा ओली नेतृत्वको बैठकले बरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको थियो।
बैठकको निर्णयपछि स्पष्टीकरण पत्रसहित अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई प्रश्न गरेका थिए ।
यसैबीच, पार्टीका नेता भट्टराईले स्पष्टीकरण खोज्ने अध्यक्ष ओलीनै लाखौं प्रश्नको घेरामा रहेको बताएका हुन् ।
आफू पक्षका नेताहरुलाई स्पष्टीकरण पत्रसहित ओलीले प्रश्न गरेपछि पूर्वमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन्, 'सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन !'
https://twitter.com/yogesbhattarai/status/1373893843691601921