Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको स्पष्टीकरणपत्र अलपत्र, रेस्पोन्स गरेनन् रावललगायतका नेताहरुले

काठमाडौं । गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले पार्टीका शीर्ष चार नेताहरुलाई स्पष्टीकरण माग्यो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले बरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको थियो।

बैठकको निर्णयपछि स्पष्टीकरणपत्रसहित पार्टी कार्यालयबाट कर्मचारीहरु सम्बन्धित नेताहरुलाई पत्र बुझाउन गएका थिए ।

स्रोतका अनुसार वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेलले पत्र बुझेका छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेलाई पत्र बुझाइएको छ ।

अर्का नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गरेका छन् । कर्मचारीले उनको घरको लेटर बक्समा पत्र छिराएर फर्किएका थिए । भने पत्र पार्टीका अर्का नेता घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले उनको पत्र बुझाउन बाँकी रहेको एमाले कार्यालय स्रोतले जनाएको छ ।

शनिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको,समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।

स्पष्टिकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077