Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • त्रिभुवन आर्मी ’ए’लाई ट्राई एडभेन्चरको उपाधि

    त्रिभुवन आर्मी ’ए’लाई ट्राई एडभेन्चरको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ’ए’ ले चौंथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ ।

    धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ’ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ ।



    सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तराष्ट्रिय टिम घोषित भयो ।



    साहसिक खेलकुदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र ¥याफ्टिङ समावेश गरिएको थियो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

    प्रतियोगितामा ६ दशमलव ७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो ¥याफ्टिङ समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

    प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बगंलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रो भएको टोलीलाई रु एक लाख तथा तेस्रो भएको टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिएको थियो ।

    सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा ६ नं बाहिनी अड्डा र शिवदल गणलाई प्रधानसेनापति थापाले कदरपत्र प्रदान गरे । नेपाली सेनाले २०७१ सालदेखि सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा २०७४ देखि विभिन्न मित्र राष्ट्रका सैनिक टोलीलाई समेत सहभागी गराउँदै आएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार