एजेन्सी । अमेरिकी रक्षामन्त्री लोयड अस्टिन अफगानिस्तानको भ्रमणमा निस्केका छन् । उनी अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण निस्केका बीबीसीले जनाएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको अमेरिकी रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे महिनामा अमेरिकी सेना फिर्ता गर्नुपर्नेछ ।
सेना फिर्ताको तयारीस्वरूप रक्षामन्त्री अस्टिनले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
Leave a Reply