Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी पुरस्कृत

काठमाडौं। गृह मन्त्रालयले बेरुजु फस्र्यौटमा उत्कृष्ट काम गर्ने दुई निकायलाई पुरस्कृत गरेको छ ।

गृह मन्त्रालय र त्यसअन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पुरस्कृत गरेको हो  ।

आइतबार गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री तथा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल पुरस्कृत गरेका हुन् ।

नेपाल प्रहरीले ९१ प्रतिशत तथा सशस्त्र प्रहरीले ६१.९२ प्रतिशत बेरुजु फस्र्यौट गरेको छ । गृह मन्त्राललयले ७६.८७ प्रतिशत बेरुजु फस्यौट गरेकोमा मन्त्रालयका कर्मचारीहरु पनि पुरस्कृत भएका छन् ।

जिल्ला प्रशासनतर्फ नुवाकोट, काठमाडौं र काभ्रे उत्कृष्ट भएका छन् । नुवाकोटका तत्कालिन सिडिओ द्रोण पोखरेल, काठमाडौंका जनकराज दाहाल तथा काभ्रेका श्रवण तिमल्सिना पनि पुरस्कृत भएका छन् ।

गृहसचिव महेश्वर न्यौपाने पनि पुरस्कृत भएका छन् ।

गृहमन्त्रीले पुरस्कृतहरुलाई बधाई तथा शुभकाकना दिदै बेरुजु फछ्र्यौट सुशासन, प्रशासनिक कार्य प्रणाली र देश विकाससँग जोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077