Online Nepal
  • शनिबार, २० पुष २०८१
  • केही स्थानमा वर्षाको सम्भावना

    केही स्थानमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । देशका पहाडी क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभावका कारण मौसम बदली भएको हो ।



    अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।



    आज दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

    यस्तै राति पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

    पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार