Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अफगानिस्तानलाई टी ट्वान्टी सिरिज

    अफगानिस्तानलाई टी ट्वान्टी सिरिज

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । अफगानिस्तानले जिम्बावेविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिज जितेको छ ।

    आबुधाबीमा शुक्रबार भएको दोस्रो टी ट्वान्टीमा जिम्बावेलाई ४५ रनले हराउँदै अफगानिस्तानले एक खेल अगाडी नै सिरिज दुई शुन्यले जितेको हो । अफगानिस्तानले दिएको १९४ रनको लक्ष्य पछ्याएको जिम्बावे १७ ओभर १ बलमा अलआउट हुँदै १४८ रनमा समेटियो ।



    जिम्बावेका लागि रायन ब्रुलले ४० रन जोड्दा डोनाल्ड त्रिपानोले २४ रन बनाए । मुसाकान्डाले २२ तथा रिचमण्ड मुतुमबामीले २१ रन बनाए ।



    अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । मोहमद नाभी र नविन उल हकले दुई दुई विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि करिम जनतले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उश्मान घानीले ४९ रन जोड्दा मोहमद नाबीले ४० रन बनाए ।

    जिम्बावेका मुजाराबानीले २ विकेट लिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार