Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

    आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 1.4K
    SHARES

    एजेन्सी । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ ।

    आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ ।



    पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजारभन्दा बढी पटक भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो ।



    सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो ।

    तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ ।

    वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ ।

    ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ । सर्वेका लागि सो क्षेत्रमा कोस्टगार्ड हेलिकप्टर पठाइएको छ । सो टोलीले पठाएको पहिलो तस्बिरमा लाभा ओरालो झर्दै गरेको देखिन्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार