Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

योगेश भट्टराईले भने - किराँत समुदायको इतिहास गाँसिएको खुवालुङ नफुटाऔं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवानेता एवं पूर्वमन्त्री योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा हटाउन नहुने पक्षमा देखिएका छन् ।

सरकारले सप्तकोशीमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि विवाद चर्किदै गएको छ।

यसैबीच,  नेता भट्टराईले पनि खुवालुङ ढुंगा फुटाउनु नहुने पक्षमा सामाजिक सञ्जालमा लेखेका छन्,'सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गासिएको छ । यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गरौ । नहटाऊँ, इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गरौ ।’

सप्तकोशीको बीचमा रहेको खुवालुङ ढुंगा 

सरकारको जेटबोट चलाउन खुवालुङ हटाउने निर्णयको बिरुद्ध खुवालुङ बचाउ अभियान पनि चलेको छ ।  किरात राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने बताएको छ । अरुण र दुधकोशीको संगमस्थलमा रहेको किराँती समुदायको आस्थाको केन्द्र हो खुवालुङ । जहाँ उक्त ढुंगा हटाएर सरकारले जेटबोठ चलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते विराटनगरमा आयोजित पार्टीको कार्यक्रममा सप्तकोसीमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने बताएपछि विवाद चर्किएको हो ।

के हो खुवालुङ ?

किरात राई भाषामा ‘खुवा’ भनेको पानी हो भने ‘लुङ’ भनेको ढुंगा। कोसीको बीचमा भएको यो ढुंगालाई सोहीकारण खुवालुङ भनिएको हो। यसलाई पानीढुंगो पनि भन्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077