Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शान्ति सम्झौता भत्काउन खोजेको आरोप लगाउँदै कांग्रेसद्धारा संसदमा प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता खाँणले सर्वोच्च अदालतको फैसालपछि नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने भन्दै सरकारको आलोचना गरे ।

अदालतले सरकारको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले नैतिकताको आधारमा मार्ग प्रस्तुत गर्नु पर्ने उनको भनाइ थियो।

बैठकमा बोल्दै नेता खाँणले सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लागएर पनि प्रतिगमन गरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले कसैलाई जानकारी नै नदिएर भुमिगत शैलीमा प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकाले उनको शैली निरंकुश भएको उनको भनाई थियो।

'हामी सरकारलाई सहयोग गरिरहेका थियौँ, कोरोना महामारी चलिरहेको छ, महाभियोग आउला भनेर संसद अधिवेशन हतार हतार अन्त्य गरिदिएको रे ! महाअभियोग आए त फेस गरे भइहाल्थो,' उनले भने।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि सरकारले प्रतिनिधिसभालाई काम नदिएको उनको भनाइ थियो। सरकारले सदनमा विधेयक ल्याउन नसकेको बताए ।

अहिलेको सरकारको पालमा सबैभन्दा बढि महिला हिंसा भएको भन्दै उनले ओली सरकारले शान्ति सम्झौतालाई समेत भत्काउन चाहेको आरोप लगाए ।

खाँणले भने, 'टिआरसिका बारेमा हामी सबैभन्दा बढि संवेदनशील छौँ । शान्ति प्रक्रियाका बेला निन्याउरो बनाएकाहरु अहिले शान्ति प्रक्रिया ध्वस्त बनाउन लागिरहेका छन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077