Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबीद्वारा जिउँदै महिलालाई डोजरले पुरेर फरार बुढाथोकी पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिउँदै महिलालाई डोजरले पुरेर फरार भएका चालकलाई पक्राउ गरेको छ।

सीआईबीको टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई कन्चनपुरबाट पक्राउ गरेको हो ।

गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । डोजर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘डोजरले मान्छे पुर्‍यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077