Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई सराप्दै वामदेवद्वारा प्रचण्डको प्रसंशा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आजदेखि समानान्तर भेला सुरू गरेको छ ।

आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला र अखिल नेपाल किसान महासंघको भेला बोलाइएको हो ।

महिला संघको भेलालाई खनाल–नेपाल र किसान महासंघको भेलालाई एमाले उपाध्यक्ष बामदेव गौतमले सम्बोधन गरेका छन् ।

भेलामा सम्बोधनको क्रममा नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा जालझेल र तिकडम गरेको बताएका थिए। गौतमले प्रचण्डलाई भने सहन सक्ने नेता भन्दै प्रसंसा गरेका थिए।

गौतम किसान महासंघको अध्यक्ष पनि हुन् ।

त्यस्तै, नेपाल-खनाल पक्षले भोलि युवा संघको पनि भेला गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077