Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।

उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट भएका थिए ।

खरेलले यसअघि नै राजीनामा दिन खोजेका थिए । तर, प्रतिनिधिसभा विघटनको मुद्दा त्यहीबेला परेकाले राजीनामा दिएका थिएन्।

यसअघि पनि संसद् विघटनबारे सर्वोच्च अदालतको फैसलापछि पनि उनले राजीनामा दिने चर्चा भने चलेको थियो ।

पूर्वकानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077