Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'नेपाल आउने पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने'

काठमाडौं । सरकारले नेपाल आउने पर्यटकलाई सहजीकरण गर्न कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड केही खुकुलो बनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्यटकीय गतिविधिका लागि नेपाल आउँदा पालना गनुपर्ने मापदण्ड स्वीकृत गरेको पर्यटनमन्त्री भानभुक्त ढकालले जानकारी दिए ।

स्वीकृत गरिएको नयाँ मापदण्ड अनुसार कोभिडविरुद्धको खोप लगाएका पर्यटकहरू नेपाल प्रवेश गरेपछि सोझै पर्यटकीय गतिबिधिमा सहभागी हुन पाउने भएकाछन् । उनीहरूले क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ ।

खोप नलगाएका पर्यटकले भने नेपाल प्रवेश गरेपछि आफ्नै खर्चमा कोरोना परीक्षण गरी त्यसको रिपोर्ट नआएसम्म होटल क्वारेन्टानइनमा बस्नुपर्ने नियम रहेको छ ।

पोजेटिभ रिपोर्ट आएकाहरूको हकमा भने अर्को रिपोर्ट नआउन्जेल होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

त्यस्तै, पर्यटकहरूका सहयोगी नेपाली सदस्यहरुको एक लाख रूपैयाँको कारोना बीमा सम्बन्धी एजेन्सी वा संस्थाले गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

१६ बुँदे नयाँ मापदण्ड लागू भएसँगै यसअघिका मापदण्ड खारेज भएको पर्यटनमन्त्री ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077