Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चौथो टी २० क्रिकेटमा भारत विजयी

    चौथो टी २० क्रिकेटमा भारत विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । चौथो टी २० क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । भारतको अहमदाबादमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।
    टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनायो । इङ्ग्ल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

    भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय पारी खेले । श्रेयस अयरले ३७, ऋषव पन्तले ३०, केएल राहुलले १४, रोहित शर्माले १२, हार्दिक पाण्डेयले ११ तथा शार्दुल ठाकुरले अविजित १० रन बनाए । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ४ विकेट लिए ।



    इङ्ग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० तथा जोनी बेयर्स्टोले २५ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ तथा हार्दिक पाण्डेय र राहुल चहलले दुई दुई विकेट लिए । जितसँगै भारत र इङ्ग्ल्याण्ड ५ खेलको सिरिजमा दुई दुईको स्थितिमा छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार