खोटाङ । कुटपिटबाट गम्भीर घाइते खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३४ वर्षीय अजित राईको मृत्यु भएको छ ।
प्रहरीले कुटपिटमा संलग्न स्थानीय पाँच जनालाई पक्राउ गरेको छ । चैत २ गते राति स्थानीय एक महिलाको कोठामा पसेको आरोपमा राईलाई कुटपिट गरिएको थियो ।
गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । राईको मृत्युपछि कुटपिटमा संलग्न चार महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।
राति घरमा सुतिरहेकी ३४ वर्षीया महिलालाई अभद्र व्यवहार गर्न खोजेकाले कुटपिट गरेको पक्राउ परेका पाँचै जनाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।
Leave a Reply