Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुप्तचरको एसपी भन्दै ठगी गर्ने पन्त पक्राउ


काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले आफूलाई राष्ट्रिय अनुसन्धान (गुप्तचर) बिभागको एसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

आफूलाई एसपी भन्दै बिभिन्न व्यक्तिहरूलाई अनेक प्रभाव  तथा प्रलोभनमा पारी रकम ठगी गर्दै हिँड्ने विश्वसराज पन्तलाई चितवनको खैरहनी पर्साबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी अनुसन्धानमा पन्तले आफ्नो नाम समेत ढाँटी बुद्धिराज पन्तको नामबाट टाँडी, खैरहनीका बिभिन्न होटलमा महिनौंसम्म बसी खाएको बसेको पैसा समेत नदिई हिँडेको खुलेको छ ।

पन्तकाबिरूद्धमा ठगी गरेको जाहेरी दरखास्त समेत प्राप्त भएकाले पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले वताए।

पक्राउ परेका पन्तमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077