Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राजनीतिक दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति डा. यादव

    राजनीतिक दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति डा. यादव

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 3.8K
    SHARES

    काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

    बिहीबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।



    डा यादवले भने, ‘दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे ।



    उनले थपे, ‘म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।’

    देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा. यादवले बताए ।

    उनले भने, ‘हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार